नेपालमा पहिलोपटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ। उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रय महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौंमा पानीबाट सर्ने लिगिनार्यस डिजिज नामक उक्त रोग दुई जनामा भेटिएको छ। उक्त रोग नेपालमा नभई विदेशमार्फत नेपाल आएका व्यक्तिबाट सरेको हुनसक्ने महाशाखाको अनुमान छ।
रोगका बारेमा थाहा पाउनका लागि पानी परीक्षण गर्नुपर्ने र परीक्षणका लागि पानी विदेश पठाउनुपर्ने भएकाले त्यसको रिपोर्ट आउन करिब एक महिना लाग्ने महाशाखाका निर्देशक चिकित्सक बाबुराम मरासिनीले जनाए।
पहिलोपटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौंका विभिन्न अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफल गर्ने तयारी गरेको छ। रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु उक्त रोगका लक्षण हुन्। यो रोगका किटानु पानीको थोपाबाट श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने चिकित्सकले बताएका छन्। समयमा रोगको उपचार नगरे कडा निमोनिया हुने निर्देशक मरासिनीले बताए।
यो रोगबाट बच्न पानी उमालेर मात्र पिउने र अरु प्रयोजनका लागि पनि पानी उमाल्नु पर्ने चिकित्सकको सुझाव छ। एयर कन्डिसनर, पानीका फोका, नुहाउन प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ लिन प्रयोग हुने मेसिन आदिबाट रोगका किटाणु सर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
भिडियो हेर्नुहोस