भिडियो हेर्नुहोस

सानो पर्दाका सेक्सी सुन्दरीहरु
हिन्दी सिरियलको छुट्टै बजार छ । प्रायः घरभित्रको कथा प्रस्तुत गरिने ती सिरियलप्रति महिला दर्शकको बेग्लै क्रेज देखिन्छ । सासुले बुहारीलाइ गर्ने थिचोमिचो त भारतीय सिरियलका लागि स्थायी मसला नै हो । आमा बुबाको छोरा छोरीप्रति माया, श्रीमान श्रीमतिविचको सम्बन्ध र त्यसमा आउने उतारचढाव प्रायः छुट्दैनन् । तर, पछिल्लो समय भारतीय धारावाहिकमा पनि ग्ल्यामर छिरेको छ, सेक्सी सुन्दरीहरुको चहलपहल बढ्दो छ । सिरियलमा काम गर्ने केही युवतीहरुले समुन्द्र किनारमा विकिनीमा तस्बिर मात्रै खिचाएका छैनन्, सिरियलमै पनि हट स्वरुपमा प्रस्तुत हुन थालेका छन् । कतिपय रियालिटी शो र सिरियलमा समेत कामुक अनुहार अनिवार्य हुन थालेको छ । ‘टाइम्स अफ इण्डिया’ ले तयार पारेको सानो पर्दामा काम गर्ने हट हिरोइनको सूची यस्तो छ- दृष्टि धामी : सानो पर्दाको मुधुवाला भनेर चिनिन्छिन् दृष्टि धामी । टेलिभिजनमा देखिएका हिरोइनमध्ये कामुक हिरोइन हुन उनी । उनले कामुक भएकै कारण केही उल्लेख्य अवार्ड समेत हात पारेकी छिन् । सन् २०१४ मा एफएचएम पत्रिकाले तयार पारेको विश्वको एकसय कामुक महिलाको सुचिमा शीर्ष १० स्थानमा परेकी थिइन् उनी । त्यसो त सन् २०१२ मा भएको विश्वका कामुक एशीयाली महिलाको सूचीमा पनि उनी १२ औं स्थानमा थिइन् । दृष्टि आफमा प्रतिभाशाली कलाकार हुन भन्नका लागि उनकै कर्म काफी छ । डान्स रियालीटी शो ‘झलक दिखला जा’ छैटौं संस्करणकी बिजेजा हुन उनी । ऐश्वर्या शाकुजा : सिरियलकी क्षमतावान बुहारी भनेर चिनिन्छिन् ऐश्वर्या शाकुुजा । विभिन्न सिरियलमा सोझी एब दुःखी बुहारीको भुमिका निर्वाह गर्ने ऐश्वर्याको वास्तवीक जीवन भने पर्दामा देखिएको भन्दा निकै फरक छ । आफुलाई ग्ल्यामरस भुमिकामा प्रस्तुत गर्न चाहन्छिन् उनी । ‘सास बिना शसुराल’ मा छोटो लुगा लगाएर अभिनय गरेकी थिइन् उनले । त्यसपछि पनि केही सिरियलमा ग्ल्यामरस भुमिकामा देखिएकी उनी सानो पर्दाका लोभलाग्दी हिरोइन् हुन् । श्वेता साल्वे : बिकिनीमा फोटोशुट गर्ने सम्भव त पहिलो टेलिभिजन कलाकार हुन् श्वेता साल्वे । ‘म्याक्सिम इण्डिया’ पत्रिकाको आबरणमा उनको बिकिनी फोटो छापिएपछि चर्चामा आएकी थिइन् । विज्ञापनमा बिकनी फोटो शुुट गरेपनि विभिन्न सिरियलमा पक्का बुहारीको रुपमा उनको छवि तारिफयोग्य नै छ । माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!