
सन् २०१४ मा प्रतियोगिताका लागि आवेदन दिएका विश्वभरका ९७ हजार फोटोग्राफरका तस्वीरहरुलाई पछि पार्दै एक रसियाली समलिंगी जोडीको प्रेमालापको तस्वीर प्रेस फोटो अफ दी इयर २०१४ बन्न सफल भएको छ । डेनिस फोटोग्राफर म्याड्स निसेनले समलिंगी जोडी जोनाथन ज्याक्स र अलेक्जेन्डर सिम्योनोभले नग्न भएर गरिरहेको प्रेमालापको तस्वीर खिचेका हुन् ।
समलिंगी सम्बन्ध अवैध मानिने रसियामा समलिंगीहरुबीचको यो खुल्ला तथा प्रेमपूर्ण कामुक सम्बन्धको तस्वीर निकै चर्चित समेत बनेको थियो । अन्य विभिन्न विधामा विजेता बन्न सफल अन्य तस्वीरहरु यस्ता छन्
इबोला उपचार केन्द्रबाट भागेका एकजना रोगीलाई नियन्त्रणमा लिँदै गरेका स्वास्थ्यकर्मीहरु । सिएरालियोनको यो तस्वीर पिट मुलरले गएको नोभेम्बर २३ मा खिचेका हुन् । स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएको केही समयपछि नै रोगीको मृत्यु भएको थियो ।
ज्यान खतरामा पारेर युरोप छिर्न ठूलो संख्यामा एउटै डुंगामा चढेका अफ्रिकी आप्रवासीहरुको यो तस्वीर इटालियन फोटोग्राफर मासिमो सेस्टिनीले खिचेका हुन् । दुर्घटनाको सम्मुखमा रहेका यी आप्रवासीलाई लिबियाको नजिकैको समुद्र क्षेत्रबाट इटालियन सेनाले उद्धार गरेको थियो ।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
