भिडियो हेर्नुहोस

प्रेमी र प्रेमिकाको जागिर कस्तो कस्तो हुनु सबैभन्दा उत्तम ?
कुन क्षेत्रको जागिर गर्ने मानिसहरु जागिर सँगै प्रेममा समेत सफल हुन्छन् ? जागिर र प्रेम सम्बन्ध वा डेटिङको बीचमा कस्तो सम्बन्ध रहला ? के जागिरको प्रकृतिको आधारमा व्यक्तिको प्रेम र यौनका विषयमा अड्कल काट्न सकिएला ? एक अध्ययनले भने जागिर र प्रेम सम्बन्धका विषयमा दहि्रलो सम्बन्ध हुने देखाएको छ । डेटिङ एप दी ग्रेडले गरेको सर्भेक्षणबाट सबैभन्दा सेक्सी पेशाका साथै प्रेम सम्बन्धका लागि सबैभन्दा उत्तम जागिर छनोट भएका छन् । ऋाफ्नो एपका प्रयोगकर्ताले गरेका साढे ४ लाख लाइक तथा स्किपको डाटा अध्ययन गरी दी ग्रेडले पुरुषको जागिरका आधारमा उसले छनोट गर्नुपर्ने जिवनसाथीको सूचि तयार गरेको छ । जस अनुसार कम्प्युटर प्रोग्रामरको जागिर गर्ने पुरुषले गृहिणी बन्ने महिलालाई जिवनसाथी रोज्नुपर्छ । त्यस्तै पत्रकार पुरुष र ब्यांकर महिलाबीचको प्रेमजोडी पनि निकै जम्छ । त्यस्तै फौजी सेवामा रहेका पुरुषले आफ्नी श्रीमतीलाई किराना पसल खोलेर त्यसमै लगाउनु राम्रो देखिएको छ । डाक्टरले डाक्टरकै पेशामा रहेको जोडी खोज्नु राम्रो हुन्छ भने शिक्षकले शिक्षिकानै खोज्नु उत्तम हुन्छ । त्यस्तै वकिल, इन्जिनियर, तथा लेखा व्यवस्थापनका क्षेत्रमा जागिर गर्ने पुरुषहरुले समेत आफ्नी जिवनसँगिनीलाई खुद्रा पसल व्यवसायमा लगाउँदा जोडी जम्ने देखिएको छ । अध्ययनले केही मिल्दै नमिल्ने पेशावाल जोडीको सूचिमा पनि बनाएको छ । जस अनुसार लोग्ने स्वास्नीमध्ये एकको पेशा लगानीकर्ता र अर्कोको कलाकार भयो भने पनि जोडी जम्दैन । त्यस्तै सैनिक पेशामा रहेको मानिसले विद्यार्थीसँग प्रेम तथा विवाह गर्यो भने पनि उतिसारो सम्बन्ध टिक्दैन । त्यस्तै शिक्षण पेशा र प्रहरी पेशामा रहेका महिला पुरुषबीचको सम्बन्ध पनि खासै टिकाउ नहुने देखिएको छ । र खासै नटिक्ने पेशावाल जोडीको सूचि यसरी प्रस्तुत गरेको छ । माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!