चिकित्सा विज्ञानलाई आधुनिक सूचना प्रविधिसँग आबद्ध गर्न सकियो भने यसले आम मानिसलाई ठूलो फाइदा पूराउँछ भन्ने तथ्य पछिल्लो आविष्कारबाट प्रष्ट भएको छ ।
कोलम्बिया युनिभर्सिटीका शोधकर्ताहरुले एउटा यस्तो डिभाइसको निर्माण गरेका छन् जसलाई स्मार्टफोनसँग आबद्ध गरी कुनैपनि मानिसको एच आइ भी परीक्षण गर्न सकिन्छ । यो डिभाइसको माध्यमबाट रगतको एक थोपाबाटै एच आइ भीको परीक्षण सम्भव हुनेछ । यो डिभाइसले १५ मिनेटमा तिन जना मानिसको एच आइ भी परीक्षण गर्न सक्ने बताइएको छ ।
यो चामत्कारिक डिभाइसको एउटा अर्को विशेषता के हो भने यसलाई कुनै संग्रहित उर्जा विनै पनि प्रयोग गर्न सकिन्छ, किनकी यो डिभाइस चल्नका लागि आवश्यक उर्जा स्मार्टफोनबाटै समेत प्राप्त हुन्छ । यो डिभाइस्लाई अडियो ज्याक जस्तै गरी स्मार्टफोनमा जोड्न सकिन्छ ।
यो डिभाइसको पहिलो परीक्षणका रुपमा रुवान्डाका ९६ जना एड्सरोगीको रगत परीक्षण गरिएको थियो । यो डिभाइसको माध्यमबाट घरमै बसीबसी अब आफ्नो रक्त परीक्षण गरी एचआइभी संक्रमण भए नभएको थाहा पाउन सकिने शोधकर्ताहरु बताउँछन् । यो उपकरणको मूल्य ३४ डलर तोकिएको छ ।माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
भिडियो हेर्नुहोस