भिडियो हेर्नुहोस

क्यान्सरका कारण हरेक दिन २० हजार जनाको मृत्यु
क्यान्सर हाम्रो काबु बाहिर छैन भन्ने नाराका साथ बुधबार फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाएको छ । मानिसमा लाग्ने क्यान्सरमध्ये झण्डै ३० प्रतिशत क्यान्सरको रोकथाम गर्न सकिने तथ्य अनुरुप क्यान्सरको रोकथाम , पहिचान र उपचारमा जनचेतना जगाउने उद्धेश्यले विश्वभरीनै दिवसको अवसरमा विभिन्न विभिन्न कार्यक्रम गरियो विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ । डब्लु एस ओ का अनुसार विश्वमा क्यान्सरका कारण सन् २०१२ मा मात्र ८२ लाख जनाले ज्यान गुमाए । क्यान्सरबाट ज्यान गुमाउने मध्ये ६० प्रतिशत मानिस एसिया, अफ्रिका तथा मध्य र दक्षिण अमेरिकाका हुने गरेका छन् । अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेगर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ । सरिरमा भएका कोषहरु अनियन्त्रित रुपमा वृद्धी हुनु र ती कोषहरु सरिरका अन्य भागमा पनि फैलनु नै क्यान्सर हो । क्यान्सर एकल रोग होइन , करीब २ सय प्रकारका क्यान्सरहरु विश्वव्यापी रुपमा देखापरेका छन् । अमेरिकामा प्रतिवर्ष करीब ७५ विलियन डलर क्यान्सरको अनुसन्धानमा खर्च हुने गर्छ र विश्वव्यापी रुपमा खरबौ डलर क्यान्सरको उपचार र अनुसन्धानमा अर्च हुने गर्छ । तर पनि क्यान्सर विरुद्ध उल्लेखनिय उपलब्धी भने हासिल हुन सकेको छैन , यसको मूल कारण भनेको नै क्यान्सर संबन्धी जनचेतना अभिवृद्धीमा ध्यान नपुराउनु नै हो क्यान्सर न त सरुवा रोग नै हो , न त यो कुनै जीवाणुको संक्रमण बाट लाग्छ । सरिरमा भएका कोषहरु विभिन्न कारणले अनियन्त्रित रुपमा विभाजन हुन गएपछि ट्युमर हरु बन्दछन् जसलाई क्यान्सर भनिन्छ । सामान्य अवस्थामा काम गरिरहेका सरिरका कोषहरुलाई अनियन्त्रित रुपमा वृद्धी गराउन उत्प्रेरकको भूमिका खेल्ने तत्वहरुलाई कार्सिनोजेन भनिन्छ । तिनै कार्सिनोजेनको कारणबाट सरिरका कोषहरु अनियन्त्रित रुपमा वृद्धी र विभाजन हुन थाल्छन् ।माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!