व्यस्त जिवनशैली तथा विभिन्न खाले तनावका कारण धेरै मानिस डिप्रेसनका सिकार भैरहेका छन् । मानिसलाई डिप्रेसन भएपछि विभिन्न खाले लक्षणहरु देखा पर्दछन् । यसको सुरुवाती अवस्थामा नै चाल पाउन सकियो भने मनोवैज्ञानिक परामर्श तथा अन्य उपचारबाट मानिसलाई स्वस्थ बनाउन सकिन्छ । त्यसैले त्यस्ता लक्षणहरुको बारेमा बेलैमा सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् । पछिल्लो एक अनुसन्धानले भने बढि समयसम्म टेलिभिजन हेरिरहनु समेत डिप्रेसनको एक लक्षण भएको देखाएको छ ।
ऋमेरिकाको युनिभर्सिटी अफ टेक्सासले गरेको एक सर्भेक्षण अनुसार लगातार लामो समयसम्म टेलिभिजन हेरिरहने लत बसेको मानिस डिप्रेसनको सिकार भएको हुनसक्छ । अर्थात् डिप्रेसनको कारणले समेत मानिसले लामो समयसम्म टेलिभिजन हेरेको हुनसक्छ ।
अध्ययन अनुसार डिप्रेसनबाट ग्रसित मानिसहरु एक पछि अर्को गर्दै च्यानल बदलेर टेलिभिजनमा नयाँ नयाँ र मनपर्ने दृश्यहरु खोजिरहन्छ । कतिपयले आफ्नो अन्य काम थाँती रहेपनि काम बिर्सेर टिभी हेर्दा टाइम पास गरिरहेका हुन्छन् ।
शोधकर्ता यून ही संगका अनुसार बढि मात्रामा टेलिभिजन हेर्ने मानिस मोटोपना लगायतका अन्य स्वास्थ्य समस्याबाट पीडित हुने यसअघिको मान्यता रहँदै आएको भएपनि पछिल्लो अध्ययनले टेलिभिजन हेराइसँग डिप्रेसनको पनि सम्बन्ध रहेको देखाएको छ ।
शोधकर्ताहरुका अनुसार डिप्रेसन पीडित मानिसहरु आफ्नो आखालाई टेलिभिजनको पर्दाबाट हटाउनै सक्दैनन् अर्थात् टेलिभिजनबाट आफुलाई रोक्न असमर्थ हुन्छन् ।
३ सय १६ जना युवा युवतीहरुमा गरिएको अध्ययनका क्रममा डिप्रेसनबाट ग्रसित युवायुवतीहरुले बढि मात्रामा टेलिभिजन हेर्ने गरेको पाइएको थियो ।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!