आफू अभिनित चलचित्रको प्रिमियरमामा नायिकाहरु सधै नै आकर्षणको पात्र बन्ने गर्छन् । यसैले पनि उनीहरुलाई कुन पहिरन लगाउने र कस्ती देखिने भन्ने चिन्ताले सधै नै सताउँछ ।
बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजित चलचित्र ‘सुन्तली’को प्रिमियर शोमा नायिका प्रियंका कार्कीलाई यस्तै चिन्ता थियो । आफूले पहिलो पटक शिर्ष भूमिकामा काम गरेको चलचित्रको कार्यक्रममा आकर्षक देखिन प्रियंकाले ठूलै कसरत गरिन् ।
६ बजे भनिएको कार्यक्रममा करिब आधा घन्टा ढिलो आएकी पि्रयंका सबैको आकर्षणको पात्र बनिन् । माथी केही खुलेको र तल खुबै लत्रेको पहिरनमा प्रियंकालाई हिड्न त गाह्रो भएको थियो नै । तर, पनि उनले आफूलाई सम्हाल्ने कोशिश गरिन् । कहिले उनी सम्हालिन् त कहिले उनका साथीहरुले नै सम्हालिदिए ।
प्रियंकाले लगाएको गाउन करिब १५ केजीको रहेको बताइन्छ । जे भएपनि आफूले अभिनय गरेको चलचित्रको प्रिमियरमा प्रियंकाले लगाएको पहिरनको भने खुबै तारिफ भयो । नेपाली नायिकाहरुले पछिल्ला केही बर्षयता बुटिकबाट पहिरन बनाउन थालेका छन् । जसका कारण पनि उनीहरु पहिरनप्रति खुबै सजग भएको पाइन्छ ।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
भिडियो हेर्नुहोस