माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
भिडियो हेर्नुहोस
नायिका अशिष्मा नकर्मीलाई संझिएर एक मोडलले आफ्नै कल्पनामा उनीसँग बिहे गरेका छन् । प्रसंग हो, संचारकर्मी प्रदिप निरौलाले निर्देशन गरेको एक म्यूजिक भिडियोको ।
शिव के चौधरीको आवाजमा समावेश ‘नभेट्दा त मन यती मिल्छ’ बोलको गीतको म्यूजिक भिडियोमा अशिष्मासँग कल्पनाको माया गर्ने मोडल हुन् बाबु भण्डारी । बाबु यतिबेला भारतको पुनामा अभिनयको अध्ययन गरिरहेका छन् । उनले अध्ययन सकेर आफू नेपाली चलचित्र र म्यूजिक भिडियोको दुनियाँमा नै लाग्न चाहेको बताए ।
यस्तै, गायक शिव चौधरीले दर्शक तथा श्रोताको माया पाएको खण्डमा निरन्तर गायन क्षेत्रलाई अगाडि बढाउने बताए । यो गीतमा सागर अधिकारीको संगीत, प्रकाश सुवेदीको शब्द छ । चलचित्र ‘सिग्नेचर’ निर्माण गरेका प्रकाश लामो समयदेखि यही क्षेत्रमा सक्रिय छन् ।
म्यूजिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । साधारण कथामा निर्देशक निरौलाले सुन्दर तबरले अशिष्मा र बाबुलाई फिचरिङ गराएका छन् ।
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!
