भिडियो हेर्नुहोस

आमा बन्ने चाहना छ ? त्यो भए यसो नर्गनुहोस
बच्चा जन्माउनका लागि गर्भाधारण गर्ने तयारीमा रहेका वा भर्खरै गर्भ रहेका महिलाहरुका लागि रक्सीको सेवन हानिकारक हुने देखिएको छ । गर्भाधारण गर्ने प्रयासमा रहेका वा गर्भ रहेको तिन महिना पुगिनसकेका महिलाहरुले कुनैपनि प्रकारका मदिरा सेवन नगर्न विज्ञहरुले सल्लाह दिएका छन् । आमा बन्ने प्रयास वा तयारीमा रहेका महिलाहरुले हप्तामा बढिमा एक दुइ पेगमात्र मदिरा सेवन गर्नुपर्ने यसअघिको निर्देशिकामा परिमार्जन गर्दै विज्ञहरुले यस्तो अवस्थाका महिलाहरुले कत्तिपनि मदिरा सेवन गर्न नहुने निष्कर्ष निकालेका हुन् । बेलायतको रोयल कलेज अफ अब्स्ट्रेटिसिएन्स एण्ड गाइनेकोलोजिस्ट द्वारा जनहीतमा जारी गरिएको निर्देशिकामा गर्भवती महिलालाई गर्भ रहेको सुरुका तिन महिनासम्म पूर्णरुपमा मदिरा त्याग गर्न सुझाव दिइएको छ । त्यस पश्चातको गर्भावस्था र बच्चा जन्मिसकेपछि दुध चुसाउने अवस्थासम्म पनि आमाले बढि मात्रामा अल्कोहल सेवन गर्न नहुने र यसले आमा र बच्चा दुबैलाई असर गर्ने विज्ञहरुले बताएका छन् । तर गर्भ रहेको ३ महिनापछि हल्का मदिरा सेवन गर्दा भने त्यसले खासै हानी गरेको नपाइएको विज्ञहरुको भनाइ छ । गर्भावस्थाका सुरुका तिन महिनासम्म मदिराको सेवनले गर्भपात हुने जोखिम बढाउने बताइएको छ । त्यस्तै गर्भाधारण गर्ने तयारीमा रहेका महिलाहरुलाई समेत मदिराको सेवनले डिम्बलाई नष्ट गर्ने जोखिम बढाउँछ । साथै बढि मदिरा सेवनले गर्भको बच्चाको शारीरिक र मानसिक विकाश खासगरी मस्तिष्कको विकाशमा असर पूराउने विज्ञहरुको भनाइ छ । यसबाट बच्चा खेर जाने वा समय भन्दा छिटो जन्मिने जोखिम समेत हुन्छ । माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!