भिडियो हेर्नुहोस

'मलाई बुझ्ने मान्छे भए पुग्छ'
यो दिनलाई कसरी स्मरण गर्नुहुन्छ? माया साट्ने दिनका रूपमा लिन्छु। सबैतिर माया फैलनु राम्रो हो। मायाले जीवन र जगत् सुन्दर बनाउँछ। यो दिनको विशेष सम्झना? धेरै वर्षअगाडि प्रेम दिवसका दिन काठमाडौंमा चिसो बढेर हिउँ परेको थियो। प्रेम दिवसभन्दा त्यो रोमाञ्चक दिन सम्झन्छु। प्रेम दिवसमा कसैले दिएको विशेष उपहार? अहिलेसम्म कसैले दिएको छैन। प्रेम के रहेछ? आफू बाँचेको अनुभव हुनु नै प्रेम हो। प्रेम सबभन्दा ठूलो सत्य हो। कस्तो परिस्थितिमा प्रेम गर्ने मानिस भए हुन्थ्योजस्तो लाग्छ? दु:खसुखमा प्रेम गर्ने मान्छेको आवश्यकता पर्छ। प्रेम त हरेक परिस्थितिका लागि आवश्यक छ। आफ्नो प्रेमीबाट कस्तो अपेक्षा गर्नुहुन्छ? मलाई बुझ्ने र सम्मान गर्ने मान्छे भए पुग्छ। ममा कुनै अपेक्षा छैन। जे गर्नु छ, आफैंले गर्नुपर्छ। प्रेमीका रूपमा कोही आएको छ? अहिलेसम्म छैन। सायद अर्को भ्यालेन्टाइनसम्ममा आउला कि? पुरुषको कस्तो कुराले आकर्षित गर्छ? इमानदारीसाथ प्रस्तुत हुने, बोलीले प्रभाव गर्नसक्ने व्यक्ति मन पर्छ। माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!