भिडियो हेर्नुहोस

होसियार ! हराउँदै त छैनन् तपाइँका डाटा ? इन्टरनेटका पिताको चिन्ता र सुझाव
विन्ट सर्फलाई इन्टरनेटका पिता पनि भनिन्छ । विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलका वर्तमान उपाध्यक्ष समेत रहेका सर्फ उनै व्यक्ति मध्ये एक हुन् जसको योगदानकै कारण आज हामीहरुले इन्टरनेटको प्रयोग गर्न पाएका छौँ । तर यिनै इन्टरनेटका
जनक सर्फलाई आजकल एउटा चिन्ताले सताइरहेको छ ।
चिन्ता यो हो की जुन तस्वीर वा दस्तावेज तपाइँ हामीले कम्प्युटरमा ‘सेभ’ गरिरहेका छौँ, त्यो कुनै दिन काम नलाग्ने बन्नसक्छ ।
किनकी हामीहरुले डिजिटल डाटा सुरक्षित गरिरहेका हुन्छौँ । तर, ती डाटाहरुलाई समयसँगै आएको नयाँ प्रविधिमा ढालेर पुनः संरक्षित गर्ने कुरामा हाम्रो ध्यान गैरहेको हुँदैन ।
जुन फम्र्याटमा तस्वीर वा कुनै डाटालाई हामीले सेभ गर्छौँ, हुनसक्छ त्यो भविष्यमा काम नलाग्ने बनोस् । तथापि यो भयानक अवस्थालाई आउन नदिने उपाय पनि विन्ट सर्फले बताएका छन् ।
गुगलका उपाध्यक्ष समेत रहेका सर्फका अनुसार कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तिब्र रुपमा पूरानो भैरहेको छ र त्यसको साटो नयाँ-नयाँ सफ्टवेयर तथा हार्डवेयर भित्रिने क्रम जारी छ ।

माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!