भिडियो हेर्नुहोस

चार मिनेट नृत्य गर्दा १ करोड २५ लाख
बलिउड अभिनेत्री प्रियंका चोपडाले चार मिनेट नृत्य गर्दा १.२५ करोड पारिश्रमिक लिएकी छिन् । मुम्बईमा यसै साता सम्पन्न स्टार गिल्ड अवार्डमा एउटा नृत्यबापत उनले यति पारिश्रमिक लिएको आयोजक पक्षले जनाएको छ । सो अवार्ड समारोहमा अभिनेत्री चौपडाले फिल्म मेरी कोम बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि थापिन् । एकातर्फ उनले पारिश्रमितबापत राम्रो पैसा पाइन् भने अर्कोतर्फ अवार्ड पनि हाँसिल गरिन् । सो अवार्ड समारोह अभिनेत्री चोपडाका लागि दुवै हातमा लड्डुजस्तै भएको आयोजक पक्षले जनाएको राजधानी दैनिकमा समाचार छ । अवार्डलाई भव्य बनाउने क्रममा कलाकारहरुको प्रत्यक्ष नृत्य राखिएको थियो । यसरी राखिएको नृत्य गर्न अभिनेत्री प्रियंका चापडाले एउटा गीतको १ करोड २५ लाख मागेपछि अवार्ड आयोजक पक्ष सो पारिश्रमिक दिन तयार भयो । त्यसपछि बल्ल प्रत्यक्ष नृत्यको तपारी गरेर उनी मञ्चमा उत्रिएको पनि आयोजक पक्षले जनाएको छ । उनले फिल्म गुन्डेको अस्सलामे ए इस्कुम‘।गीतमा नृत्य प्रस्तुत गरिन् । सहयोगी कलाकारसँग अभिनेत्री चोपडाले निकै मेहनत गरेर यो नृत्यको तयारी गरेकी थियन् । अवार्ड समारोहमा उनले गरेको नृत्यलाई दर्शकले निकैबेर तालीले साथ दिए ।माथि भिडियो बजेन भने तल क्लिक गरी हेर्नुहोस !!!